समाज

थाहा नगरपालिकामा रुपचन्द्र विष्टको यसरी गरियो सम्झना

असार ८, २०७४

    मकवानपुर : थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टलाई उनको थलो पालुङमा सम्झना गरिएको छ। रुपचन्द्र विष्टको १८ औँ स्मृति दिवसको अवसरमा मकवानपुरको पालुङस्थित विकास घरमा बुधबार थाहा नगरपालिकाले गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले रुपचन्द्रका योगदानको चर्चा गरे।  

    सांसद तथा रुपचन्द्र स्मारक समितिका अध्यक्ष रामनारायण बिडारीले रुपनचन्द्र निष्ठा र इमानका पर्याय भएको बताए।

    'रुदानेले प्रतिपादन गरेको थाहा दर्शनको सम्मानमा यो नगरपालिकाको नाम राखिएका छ। यहाँका नवनिर्वाचित जनप्रतिनीधिहरूले काममार्फत रुपचन्द्रको साख जोगाउनुपर्छ', उनले भने, 'रुपचन्द्र आधुनिक शिक्षा, कृषि र पर्यटनका शुत्रधार थिए। नयाँ प्रतिनीधिले रुपचन्द्रलेजस्तै जनमूखी काम गरेर थाहा नगरपालिकालाई देशकै नमूना बनाउनुपर्छ।' रुपचन्द्रको शरीर नष्ट भए पनि विचार बाँचिरहेको उनले बताए।

    थाहा नगरपालिकाका नवनिर्वाचित प्रमुख लवशेर विष्टले रुपचन्द्र 'समाजको खुसीमा आफ्नो खुसी देख्ने नेता भएको' बताए। 'रुदानेलाई जनप्रतिनिधिले पथप्रदर्शकका रुपमा लिनुपर्छ। जनमुखी बाटोमा हिँड्ने हाम्रो प्रतिबद्धता छ', उनले भने।

    मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले रुपनचन्द्र 'बोलेका कुरा व्यवहारमा उतारेर देखाउने नेता' भएको बताए। 'नयाँ स्थानीय तहहरूले कुरामा नभई काममा ध्यान दिनुपर्छ', उनले भने।

    विभिन्न दलका स्थानीय नेता तथा सामाजिक कार्यकर्ताहरूले पनि रुपचन्द्रबारे बोलेका थिए। त्यसअघि निर्माणाधीन रुपचन्द्र स्मृति भवनको हातामा वृक्षारोपण गरिनुका साथै विकासघरको प्रांगणमा रहेको विष्टको शालिकमा माल्यार्पण गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]