अर्थ

वर्षा नभएपछि भक्तपुरमा अझै सुरु हुन सकेन रोपाईं

असार ८, २०७४

    भक्तपुर : असारको पहिलो साता बितिसक्दा पनि वर्षा नभएपछि किसानहरु चिन्तित भएका छन्। विगतका वर्षहरुमा जेठको अन्तिम साता रापाईं सक्ने स्थानमा समेत यसवर्ष रोपाईं शुरु हुन नसक्दा किसानहरु चिन्तित हुन थालेका हुन्।

    वर्षा नभएपछि किसानहरुले नजिकका खोलानाला, खोल्सा र पोखरीको पानी पम्पसेट मार्फत सिचाईगरी रोपाईं गर्न थालेका छन्। रोपाईं गर्न ढिला हुँदा धानको बीउ सुक्ने भएकोले पम्प सेटको प्रयोग गरी रोपाई गर्नुपरेको भक्तपुरको डेकोचामा धान रोप्न व्यस्त किसान रामहरी सितिखुले बताए।

    जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ खुसुङखोला किनारको फाँटमा पम्प सेट मार्फत सिचाईं गरी रोपाई गर्न सहज भए पनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताथली, सुडाल, नंखेललगायत स्थानमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ। 

    जिल्लामा असारको पहिलो साता सकिएसँगै जम्मा सात प्रतिशत मात्र रोपाई सकिएको जिल्ला कृषि कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिए। जिल्लाकोे ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३ सय ४८ हेक्टरमा धानखेती गरिन्छ।

    भक्तपुरमा वार्षिक २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। भक्तपुरमा प्रतिहेक्टर छ दशमलव दुई टन धान उत्पादन हुने गरेको छ जुन नेपालको समग्र उत्पादन प्रतिशत भन्दा दोब्बर हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]