राजनीति

प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण

साउन २०, २०७३

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर साँझ पदभार ग्रहण गरेका हुन्।

    साँझ ७ बज्न १ मिनेट बाँकी रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आएका प्रचण्डलाई मुख्य सचिव सोमलाल सुवेदी लगायतले स्वागत गरेका थिए।

    पदभार ग्रहण गर्दै प्रचण्डले आन्तरिक राष्ट्रिय एकता कायम गर्ने सरकारको सबैभन्दा ठूलो चुनौती रहेको बताए। 'मधेसी जनजातिको हक सुनिश्चित गरी संविधानलाई अधिकतम स्वीकार्य बनाएर संविधान कार्यान्वयन गरी राष्ट्रिय एकता कायम गर्नु सरकारको मुख्य चुनौती हो', प्रचण्डले भने।

विकास लम्साल

सुरक्षा मामिलामा रिपोटिङ गर्ने पत्रकार लम्सालले २०७३ मा थाहाखबरमा संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]