खेलकुद

रियो ओलम्पिक आजबाट, रुसी खेलाडीको डोपिङ संकट टर्‍यो

Photo : eubcboxing.org
साउन २१, २०७३

    ३१ ओलम्पिक शुक्रबारदेखि ब्राजिलको रियो दी जेनेरियोमा सुरू हुँदैछ। ३१ औँ ओलम्पिकको उद्घाटन शूक्रबार ब्राजिलको राजधानी रियो दी जेनेरियोको मराकाना स्टेडियममा हुने भएको छ। 

    विश्वका २ सय ६ देश र रिफ्युजी टोलीका करिब १० हजार ५ सय खेलाडीले यस ओलम्पिकमा भाग लिँदैछन्। यस ओलम्पिकमा ३१ वटा खेल समावेश गरिएको छ। 

    यो ओलम्पिक सुरू हुनु अगाडि रसियाली खेलाडीको डोपिङ प्रकरण, जिका भाइरस र सुरक्षाका कारण निकै चर्चामा छ। यो ओलम्पिक शुक्रबार अर्थात् ५ अगस्तदेखी सुरू भएर २१ अगस्तसम्म चल्नेछ। 

    उद्घाटन सत्र शुक्रबार हुने भएपनि ओलम्पिकका प्रतिष्पर्धाहरू सुरू भइसकेका छन्। दुई दिन अघि महिला फुटबल प्रतियोगिताबाट यो ओलम्पिक सुरू भएको हो। 

    रियो ओलम्पिकको उद्घाटन करिब १ अर्ब मानिसले हेर्ने अनुमान गरिएको छ। यस क्रममा ३ सय डान्सर, ५ हजार स्वयंसेवक र १२ हजार पोशाक प्रयोग हुने बताइएको छ।

    कोसोभो र दक्षिण सुडाले पहिलो पटक रियो ओलम्पिकमा भाग लिँदैछ। 

    ५ सय ५४ खेलाडीकासाथ सबैभन्दा ठूलो टोली लिएर अमेरिका रियो पुगेको छ। 

    रियो ओलम्पिकमा सबैभन्दा चर्चामा आएको विषय हो, रूसका खेलाडीहरुको डोपिङ प्रकरण। डोपिङकै कारण कुनै बेला रूसका कुनै पनि खेलाडीले रियो ओलम्पिकमा भाग लिन नपाउने अवस्था आएकोसम्म भनिएको थियो तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि(आईओसी)ले ३ सदस्यीय टोली गठन गरेर यसबारे निर्णय गर्ने वातावरण तयार पार्‍यो। अन्तर्राष्ट्रिय खेलकुद अदालतमा समेत यस विषयमा बहस चलेको थियो। 

    आईओसीले बिहीबार रूसका २ सय ७१ खेलाडीले ओलम्पिकमा भाग लिन पाउने निर्णय गरेको छ, यो रुसका लागि खुसीको कुरा हो। रुसले ओलम्पिकका लागि ३ सय ८९ जना खेलाडीका लागि नाम दर्ता गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]