काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
काठमाडौं : नेपाल अमेरिका पत्रकार संघ नेजाले स्थापना गरेको नेजा उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार जाजरकोटका पत्रकार जनक केसीले पाएका छन्।
नेपाल पत्रकार महासंघसँग मिलेर स्थापना गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार जाजरकोटका पत्रकार केसीले पाएका हुन्। नेजा र महासंघले शुक्रबार काठमाडौमा एक समारोह गरेर पत्रकार केसीलाई पुरस्कार रकम प्रदान गरेका छन्।
हरेक दुई वर्षको अन्तरालमा दिइने यो पुरस्कार यसअघि हेटौंडाका पत्रकार प्रताप विष्ट र सुर्खेतका पत्रकार कलेन्द्र सेजवालले पाएका थिए।
नेजाले सडक दुर्घटनामा परी घाइते भएका रौतहटका पत्रकार नरहरि आचार्यलाई २ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।