राजनीति

प्रधानमन्त्री प्रचण्डको बालुवाटार प्रवेश, पुरानै सामानले काम चलाउने

साउन २१, २०७३

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। 

    प्रधानमन्त्री सचिवालयका अनुसार दैनिक काम कारबाहीलाई सहज ढंगबाट अघि बढाउन उनी बालुवाटार सरेका हुन्। प्रधानमन्त्री प्रचण्ड यसअघि बालुटावाटार नजिकै आफ्नै निवास लाजिम्पाट बस्दै आएका थिए। 

    प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्ने खबरसँगै भान्सामा रहेका सामग्री र तन्नाहरु हराएको कर्मचारीहरुले प्रधानमन्त्री सचिवालयलाई जानकारी दिएका थिए। उक्त जानकारी पाएलगत्तै प्रधानमन्त्रीले पुरानै सामग्री प्रयोग गर्न निर्देशन दिनुका साथै नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएका छन्।

    ‘भान्सामा प्रयोग हुनुका साथै अन्य तन्नाहरु समेत हराएको खबर प्राप्त भएको थियो, हामी पुगेर हेरेका छैनौं, प्रधानमन्त्री ज्यूले केही सामान खरिद नगर्न निर्देशन दिनुभएको छ’ प्रधानमन्त्री सचिवालयका स्वकीय सचिव जोखबहादुर महराले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]