समाज

प्रचण्ड प्रधानमन्त्री बनेपछि गङ्गामायाले गरिन् अनसनको घोषणा

फोटो : www.londonnepalnews.com
साउन २१, २०७३

    काठमाडौं : विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट न्याय पाउने आशा गरेकी छन्।

    गङ्गामायाले शुक्रबार पत्रकारसँग कुराकानी गर्दै नयाँ प्रधानमन्त्री आएसँगै आफ्नो छोराको हत्यारालाई कारबाही हुने विश्वास व्यक्त गरेकी हुन्। उनले यदि यो सरकारबाट पनि आफूलाई न्याय प्राप्त नभए अबको पाँच दिनपछि आमरण अनशन बस्ने समेत घोषणा गरिन्।

     “प्रचण्ड माओवादी पार्टीका मात्रै नभएर राष्ट्रकै प्रधानमन्त्री भएकाले मजस्ता अन्यायमा रहेकालाई उहाँले न्याय दिनैपर्छ” उनले भनिन्। यही साउन १६ गतेदेखि गंगामायाले वीर अस्पतालमा नै बसेर अनशन गर्न थालेको पाँचवर्ष पूरा भएर ६ वर्ष लागेको छ। 

    २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको अनशनरत अवस्थामा नै मृत्यु भएको थियो। उनको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ। न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गङ्गामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ। 

    ‘श्रीमानको लास बाकसमा राखिएको छ’ गङ्गामायाले भनिन् ‘सरकारले मरेको मान्छेको लाश कति दिनसम्म बाकसमा राख्नसक्छ? न्याय नदिने हो भने म पनि अब बाँच्नुको कुनै अर्थ नै छैन।’ 

    २०६१ सालमा गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो। आफ्ना छोराको हत्या गर्नेविरुद्ध कारबाहीको माग गर्दै पाँच वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अधिकारी दम्पतीले आफूहरुलाई सरकारले बेवास्ता गरेको भन्दै त्यहीँ अनशन सुरु गरेका थिए। 

    अधिकारी हत्याको अभियोगमा छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पशुराम पौडेललगायतलाई चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको भएपनि हालसम्म उक्त मुद्दाको कुनै सुनुवाई भएको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]