काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : साहित्यकार विनोद मञ्जनका १५ पुस्तक एकैदिन विमोचन गरिएको छ। अनेरास्ववियुका पूर्व विद्यार्थी नेता समेत रहेका साहित्यकार विनोद मन्जनले आफ्नी छोरी विज्ञता कार्कीको १५ औँ जन्मोत्सवको अवसर पारेर आफ्ना १५ वटा कृति सार्वजनिक गरेका छन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत १५ जना विशिष्ट व्यक्तिले साहित्यकार मन्जनका कृति सार्वजनिक गरेका हुन्। साहित्यकार मन्जनले समाजमा छोरीहरुको स्थान उच्च बनाउन तथा छोरीको महत्वलाई गरिमामय बनाउन आफ्नी छोरीको पास्नीदेखि नै हरेक वर्ष छोरीको जन्मदिनको अवसर पारेर पुस्तक लोकार्पण गर्दै आएको बताए।
आफ्नी छोरीको १५ औं वर्षको जन्मोत्सव पारेर लोकार्पण गरिएको १५ वटा पुस्तकमा अभिशाप (नाटक संग्रह), सम्यक दृष्टि (सरल समालोचना संग्रह), दैनिकीका दृश्यहरु (दैनिकी संग्रह), जीवनको जुन (कविता, गीत, मुक्तक, हाइकु, गजल संग्रह), प्रेमको पिङ (पत्रात्मक निबन्ध संग्रह) लगायत छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।