काठमाडौँ : बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश दिए पनि धरौटी रकम नबुझाउँदा द...
- गोविन्द महतो
जनकपुरधाम : जनकपुरमा हातहतियार सहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले गोप्य सूचनाका आधारमा जनकपुर उप–महानगरपालिकाको वंशीचौकबाट उनीहरुलाई हातहतियार सहित पक्राउ गरेको हो।
वंशीचौकस्थित भाडामा बस्दै आएका ती ६ जनालाई दुई थान हतियार सहित पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक नकूल पोखरेलले जानकारी दिए। प्रहरीले उनीहरुको पहिचान खुलाएको छैन्।
पक्राउ परेका ६ जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। उनीहरुबाट चोरीमा प्रयोग हुने अत्याधुनिक हातहतियारलगायतका सामग्री समेत फेला परेको पोखरेलले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।