समाज

नागपोखरीमा नागलाई चढाइयो दूध : हेर्नुस् १८ फोटो

साउन २३, २०७३

    काठमाडौं : आज आइतबार साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी, परम्पराअनुसार घरका मूलढोकामा नागको पूजाअर्चना गरी मनाइँदैछ।

    नागपञ्चमीका अवसरमा घर-घरमा पूजाआजा गर्नुका साथै विभिन्न नाग मन्दिहरुमा नागको पुजा गर्नेहरूको भीड नै लागेको छ। सदाझै यस वर्षपनि काठमाडौँको नागपोखरी, भक्तपुरको चाँगुनारायण, ललितपुर धापाखेलको नागदह, काठमाडौंको टौदहमा नागको पूजा गर्नेहरूको भीड नै लागेको छ। यी स्थानहरूमा नागपञ्चमीका दिन विशेष मेला लाग्ने गर्छ।

    निकै लामो समयदेखि चलिआएको नागपञ्चमीमा काठमाडौँको नागपोखरीमा रहेको नागको मुर्तिलाई दूध चढाउने परम्परा अनुरुप योवर्ष पनि नागपोखरीमा रहेको नागको मुर्तिलाई दूध चढाइएको छ।

    नागको मुर्ति रहेको नागपोखरीमा भक्तजनहरूले डुङ्गाको सहायताले नागको मुर्तिसम्म पुगेर दूध चढाएका छन्। पूजाका लागि नागपोखरी पुगेका भक्तजनहरूले पोहोर-परार जसरी नागको पूजा नगरिएको गुनासो समेत गरे। उनीहरूले अघिल्ला वर्षहरूमा नागको जुन भव्यताका साथ पूजा हुने गर्थ्यो त्यो अहिलेको वर्ष नदेखिएको बताए।

    नागपोखरीभित्र प्रवेश नगरी पोखरीको किनारबाटै पूजा गरेर फर्कनेको संख्या उल्लेख्य रहेको थियो। पोखरी किनारबाट नागलाई दूध चढाएर, धूप-बत्ती गरेर भक्तजनहरू फर्केका थिए। भक्तजनहरूमध्ये केहीले मात्र डुङ्गामा चढेर नागपोखरीको बीचमा रहेको नागको मुर्तिमा पुगेर पूजाआजा गरेका थिए।

    फोटोमा हेर्नुस् नागपोखरीमा यसरी गरियो नागको पूजा

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]