काठमाडौँ : सरकारले काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ। सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ...
दमक : आर्थिक वर्ष २०७२/७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट झापामा ४४ अर्ब ३ करोड ७२ लाख २५ हजार आम्दानी भएको छ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाका अनुसार चैते धानबालीबाट १ अर्ब ६२ करोड ५२ लाख ५० हजार, वर्षे धानबाट ८ अर्ब ९३ करोड ६३ लाख ७५ हजार, गहुँबाट ७९ करोड ३६ लाख र मकैबालीबाट ३ अर्ब ५४ करोड ६ लाख आम्दानी भएको छ।
यस्तै, कोदोबाट ११ करोड ७८ लाख १० हजार, फापरबाट ७ करोड ९२ लाख, जुसबाट ५ करोड ७४ लाख ७५ हजार, आलुबाट ५ अर्ब ५४ करोड ८० लाख, तेलहनबालीबाट ४३ करोड ८० लाख, दलहनबालीबाट ६९ करोड ८० लाख ६० हजार, चियाबाट ३ अर्ब ३ करोड ३० लाख र माछापालनबाट १९ करोड चार लाख आम्दानी भएको कार्यालयले जनाएको छ।
यसैगरी, सुपारीबाट १ अर्ब ५२ करोड १५ लाख २० हजार, नरिवलबाट ३ करोड ९० लाख ६० हजार, मरिचबाट २१ लाख १२ हजार, रबरबाट ४ करोड १० लाख र पानबाट १ लाख ७२ हजार आम्दानी भएको बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।