अर्थ

झापामा बालीबाट ४४ अर्ब भन्दा बढी आम्दानी

Photo : aol.com
साउन २४, २०७३

    दमक : आर्थिक वर्ष २०७२/७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट झापामा ४४ अर्ब ३ करोड ७२ लाख २५ हजार आम्दानी भएको छ।
     

    ४ लाख ६३ हजार ३ सय ३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट १७ अर्ब ३७ करोड ५१ लाख १८ हजार रुपैयाँ आम्दानी भएको हो। 

    जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाका अनुसार चैते धानबालीबाट १ अर्ब ६२ करोड ५२ लाख ५० हजार, वर्षे धानबाट ८ अर्ब ९३ करोड ६३ लाख ७५ हजार, गहुँबाट ७९ करोड ३६ लाख र मकैबालीबाट ३ अर्ब ५४ करोड ६ लाख आम्दानी भएको छ।

    यस्तै, कोदोबाट ११ करोड ७८ लाख १० हजार, फापरबाट ७ करोड ९२ लाख, जुसबाट ५ करोड ७४ लाख ७५ हजार, आलुबाट ५ अर्ब ५४ करोड ८० लाख, तेलहनबालीबाट ४३ करोड ८० लाख, दलहनबालीबाट ६९ करोड ८० लाख ६० हजार, चियाबाट ३ अर्ब ३ करोड ३० लाख र माछापालनबाट १९ करोड चार लाख आम्दानी भएको कार्यालयले जनाएको छ। 

    यसैगरी, सुपारीबाट १ अर्ब ५२ करोड १५ लाख २० हजार, नरिवलबाट ३ करोड ९० लाख ६० हजार, मरिचबाट २१ लाख १२ हजार, रबरबाट ४ करोड १० लाख र पानबाट १ लाख ७२ हजार आम्दानी भएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]