राजनीति

देशका लागि पछिसम्म सम्झनलायक काम गर्छु : प्रधानमन्त्री

फोटो : प्रधानमन्त्रीको सचिवालय
साउन २४, २०७३

    साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक देशका लागि पछिसम्म सम्झनयोग्य काम गर्ने बताएका छन्।

    सोमबार सरकारी निवास बालुवाटारमा ढिकुरपोखरी–काठमाडौं समाजले गरेको सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लोपटक ९ महिनामै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन। तर, यसपटक राष्ट्र र जनताले युगौंसम्म सम्झनलायक काम गर्नेछु।’

    प्रधानमन्त्रीले परिमार्जनसहित संविधानको कार्यान्वयन, तीन वटा निर्वाचन सम्पन्न गर्नु, पूनर्निर्माण, शान्ति प्रक्रियाको पूर्णता, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारका मूख्य प्राथमिकता भएको बताए। प्रधानमन्त्रीले भने, ‘देशले आर्थिक समृद्धिको खाका खोजेको छ। त्यसका लागि परिणाममूखी काम गर्ने पक्षमा छु।’

    प्रधानमन्त्रीले आफ्नो जन्म गाउँ ढिकुरपोखरीले शैक्षिक क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै आधारभूत पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रमा सहयोग गर्ने बताए।

    भेटमा समाजका प्रतिनिधिहरुले आगामी निर्वाचनमा कास्की क्षेत्र–४ बाट निर्वाचनमा उठ्न अपील गर्दै पोलिटेक्निकल कलेज, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए।

    यसैबीच, प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि अमेरिकी राजदुत अलेना बी. टेप्लिट्सबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

    भेटवार्ताका क्रममा राजदुत टेप्लिट्सले प्रधानमन्त्रीलाई बधाई तथा कार्याकालको पूर्ण सफलताको शुभकामना दिएकी छन्। यस्तै, काबुलमा भएको नेपालीहरुको हत्याप्रति दु:ख व्यक्त गर्नुका साथै नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राखेका थिए।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक सहयोगका लागि महामहिम राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]