समाज

ठूलो ढुंगामा ठोक्किएर धुजाधुजा थियो हेलिकोप्टरःहृदयविदारक दुर्घटनाको उद्दार अनुभव

साउन २४, २०७३

    काठमाडौं : फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाको खबर आएपछि प्रहरी चौकी, ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराई तत्काल दुर्घटनास्थलतर्फ लागे। दुर्घटनास्थलबाट शव बटुलेर फर्किएका प्रहरी निरीक्षक भट्टराईलाई थाहाखबरका विकास लम्सालले घटनास्थलको बास्तविकताबारे सोधेका थिए।

    प्रहरी निरीक्षक कैलाश भट्टराईले जे देखे-

    गोरखाको सिर्दिबासबाट १२ बजेर २२ मिनेटमा उडेको फिस्टेल एयरको हेलिकोप्टर हराएको खबर आयो। गोरखाबाट उडेको हेलिकोप्टर नुवाकोट जिल्लाकै आकासबाट हराएको खबर आएपछि हामी तत्काल खटियौँ। लोकसन कहाँ हो, के हो केही थाहा थिएन। बिस्तारै स्थानीयवासीहरुलाई सम्पर्क गर्दा मदनपुरमा ठूलो आवाजसहित आगो बलेको खबर आयो। हामी तत्काल त्यसतर्फ हिड्यौं।

    करिब साढे एक बजेतिर हामी घटनास्थल पुग्यौँ। स्थानीयवासीहरु भेला भइसकेका रहेछन्। उनीहरु पनि के गर्ने कसो गर्ने भनेर बसिरहेका रहेछन्। हामी पुगेपछि तत्काल उद्धारमा जुट्यौँ। हेलिकोप्टर ढुंगामा ठोक्किएर दुर्घटना भएको रहेछ। ठूलो ढुंगामा ठोक्किँदा हेलिकोप्टरको अगाडिको भाग पूरै धुजाधुजा अवस्थामा थियो भने पंखा भीरमा अड्किएको अवस्थामा थियो। पछाडिको भाग पनि क्षतिग्रस्त अवस्थामा थियो।

    त्यहाँ जान निक्कै गाह्रो ठाउँ भएकोले हामीलाई स्थानीयवासीको सहयोगमा शव खोज्न थाल्यौँ। सबै जलेको अवस्थामा थियो। कसैको पनि पहिचान हुन सक्ने अवस्थामा थिएन। हात खुट्टाका भागहरु छरिएको फेला पार्‍यौँ। हातखुट्टाको अवशेषले मात्र मान्छे भन्ने हुन्थ्यो, अरु केही थिएन।

    सातजनाको नै शव बटुलेर हामीले अर्को हेलिकोप्टरमा काठमाडौं पठायौँ। दृश्य एकदमै डरलाग्दो र हृदयविदारक थियो। सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगले उद्धार कार्य चाँडो हुन सक्यो।

    सम्बन्धित समाचार

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]