काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं : सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ।
छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही पदावधि थप गर्ने विषयबारे पनि सामान्य छलफल भएको थियो। बैठकका थोरै मात्र एजेन्डा रहेको र नेकपा माओवादी केन्द्र सम्बद्ध मन्त्रीहरु पोलिटब्युरो बैठकका कारण अनुपस्थित रहेकाले अन्य महत्वपूर्ण निर्णय नभएको सञ्चारमन्त्री राईले बताउनुभयो।
फरक प्रसङ्गमा सञ्चारमन्त्री राईले वार्ताबाटै मधेसी मोर्चासहितका दलका मागलाई सम्बोधन गर्न अहिले पनि सरकार तयार रहेको भन्दै मोर्चाभित्रैबाट सहमति जुटाएर वार्तामा आउन पुनः आग्रह गर्नुभयो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।