काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
झापा : मोरङको उर्लाबारीमा सोमबार १ हजार रुपैयाँको नक्कली नोट फेला परेको छ। उर्लाबारी–२ स्थित सेवारो टेलिफोन सेवामा रिचार्ज कार्ड खरिद गर्न आएका ग्राहकले ल्याएको १ हजार रुपैयाँको नोट नक्कली भएको पुष्टि भएको हो।
ग्राहकले रिचार्ज कार्ड खरिद गरेपछि दिएको १ हजार रुपैयाँको नोट टेलिफोन सेवाका सञ्चालक दिपक पोमुले नक्कली भएको पत्ता लगाएका थिए। ग्राहकले पनि अन्यत्र ठाउँबाट आफूले उक्त नोट ल्याएको बताए।
यसअघि शनिबार उर्लाबारी-४ नमुना चौकस्थित सगुन किराना पसलमा एक ब्यक्तिले नक्कली नोट ल्याएर ठगीको प्रयास गरेका थिए। पहिचान नखुलेका ती ब्यक्तिले पसलमा आएर रिचार्ज कार्ड मागेर १ हजार रुपैयाँको नोट दिएका थिए। पसलमा खुद्रा पैसा नभएकाले अर्का खुद्रा ब्यापारीसँग साट्न अनुरोध गरेपछि उनले ‘नक्कली नोट पो रहेछ’ भन्ने बित्तिकै ती ब्यक्ति भागेका थिए।
सक्कली जस्तै दुरुस्त देखिने तर, केही पातालो आकारको एक हजारको नक्कली नोट उर्लाबारीमा छरिएको हुनसक्ने आशङ्का गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।