राजनीति

संविधान कार्यान्वयन नभए निरंकुशताको खतरा : कांग्रेस नेता पौडेल

फाइल फोटो
साउन २५, २०७३

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नभएमा मुलुक निरंकुशतामा फर्किन सक्ने बताएका छन्।

    २२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनमा ध्यान नदिएमा मुलुक निरंशकुशतातिर जान सक्ने बताएका हुन्। 'संविधान कार्यान्वन नभए देश निरंकुशतामा फर्किन्छ। त्यही भएर सुरुमा संविधानलाई कार्यान्वयनमा लागौं। कार्यान्वयनमा ध्यान दिएनौं भने नयाँ संविधान अपहेलित हुन सक्छ' उनले भने।

    नेता पौडेलले मुलुक संक्रमणकालमा रहेकाले खतरा अझै नटरेको बताए। 'देशमा खतरा टरेको छैन। संक्रमणकालीन अवस्था टुंगिएको छैन। खतराबाट मुक्तिका लागि संविधान कार्यान्वयन पहिलो आवश्यकता हो' उनले भने। नेता पौडेलले  विश्व आदिवासी जनजाति दिवसलाई सरकारी समन्वयमा मनाउनका लागि पहल गर्ने आश्वासन दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]