राजनीति

अहिलेको सरकारले धेरैले नसोचेको काम गर्नेछ: प्रधानमन्त्री

'मिलिजुली सरकारको जटिलता आफ्नै पार्टीभित्र बुझिएन'

असार १, २०७३

    काठमाडौँ- एकपछि अर्को अनेकन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले कतिपयले सोच्दै नसोचेको काम गरेर देखाउने दाबी गर्नुभएको छ ।
    नेपालको आफ्नै पानी जहाज, घरघरमा पाइपबाट ग्यास, नेपालमै पेट्रोलियम पदार्थ उत्खनन तथा रेललगायतका योजना सुनाएर विवाद र चर्चामा रहेका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले त्यस्ता काम गरेर छाड्ने अठोट गर्नुभएको हो । 

    प्रधानमन्त्री ओलीले देश विकासको सपना आफूले देखेको र आफ्नो सफना पूरा समेत हुने दाबी गर्नभयो । सरकार परिवर्तनको चर्चा चलिरहदा प्रधानमन्त्रीको यस्तो दाबी पुन आएको हो ।
    सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा प्रधानमन्त्रीले आफ्नो सरकारले कर्मचारीको तलब बढाएर जिउँदो सरकारको अनुभूति दिलएका बताउनुभयो ।
    उहाँले १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही कठिन भएको बताउनुभयो । मिलिजुली सरकार चलाउँदाको जटिलता आफ्नै पार्टीभित्र नबुझेको आरोप पनि प्रधानमन्त्री ओलीले लगाउनुभयो । उहाँले २०७४ भदौसम्म तुइन विस्थापन गर्ने गरी काम अघि बढेको दाबी गर्नुभयो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]