काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेक...
थानापति(नुवाकोट)- साहसिक पर्यटनका रुपमा विकास हुँदै गएको छाँगावरोहण (क्यानोनिङ) मा नेपालीको सहभागिता बढाउने उद्देश्यले आयोजित दुईदिने दोस्रो छाँगावरोहण महोत्सव सम्पन्न भएको छ ।
राजधानीबाट ३५ किमी उत्तरतर्फको नुवाकोट थानापति गाविसको झरनामा आयोजित सो महोत्सवमा विद्यार्थी, युवा र पर्यटनमा इच्छुक नेपालीको उल्ल्ेखनीय सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो । “क्यानोनिङ शतप्रतिशत सुरक्षित तर साहसिक खेल हो भन्ने सन्देश नेपालीमाझ पु¥याउन महोत्सव गरिएको हो । महोत्सवमा युवा र विद्यार्थीको उल्लेखनीय सहभागिता रह्यो,” अध्यक्ष लामाले भन्नुभयो । सहभागीलाई ३०, १५ र ६० मि लामो झरनामा तीन खण्डमा तल झर्न सिकाइएको थियो ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा शुक्रबार र शनिबार आयोजित महोत्सवमा दुई सय सहभागी थिए । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँ सहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।
होटल व्यवस्थापनमा स्नातकोत्तर अध्ययनरत मुकेश शाहले पहिलो चोटि साहसिक खेलमा सहभागी हुन पाउँदा उत्सुकता र रोमाञ्चकता महसुस गर्न पाएको बताउँदै साहसिक पर्यटनका रुपमा यसको महत्व छ भन्नुभयो ।
सो झरनामा दशदिने क्यानोनिङ प्रशिक्षक प्रशिक्षण पनि जारी छ । त्यसमा दश जनाको सहभागिता छ । दक्ष प्रशिक्षक तयार गरी छाँगावरोहण जस्तो साहसिक खेलको व्यावसायिक विकास गर्न प्रशिक्षक उत्पादन तयार गर्ने उद्देश्य रहेको संस्थाका महासचिव राजेश लामा तामाङले बताउनुभयो ।
जलयात्रा, पदयात्रा, पर्वतारोहरणसँगै नेपालमा पछिल्लो समयमा नयाँ पर्यटकीय गतिविधिका रुपमा डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानीमा खेलिने जोखिमपूर्ण तथा साहसिक खेलप्रतिको आकर्षण बढ्दो छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।