समाज

भारतमा भेटिएको गैंडा उद्धारका लागि हात्तीसहितको टोली परिचालन

कात्तिक २२, २०७४

    चितवन : भारतमा भेटिएको दुर्लभ एकसिंगे गैंडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले टोली परिचालन गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट पशुचिकित्सक र प्राविधिज्ञ सहितको टोली बुधबार भारत पठाइएको निकुञ्जले जानकारी दिएको छ।

    भारतबाट आएको सूचनाका आधारमा गैंडाको अवस्था बुझ्न भारत पुगेको टोलीले गैंडा भएको पुष्टि गरेपछि उद्धारका लागि टोली भारत गएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् पूर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिए।

    उनका अनुसार चितवनबाट ४ वटा हात्तीसहित करिव ४० जनाको टोली बुधबार बिहानै भारत पुगेको छ। भारतको बाल्मीकि टाइगर रिजर्भका अधिकारीहरुको सहयोगमा गैंडाको उद्धार गरिने जनाइएको छ। नेपाल भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुईवटा गैंडा भेटिएको थियो।

    रिजर्बबाट गैंडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैंडाको उद्धारका लागि भारत गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले जानकारी दिए। 
    सो गैंडालाई गत साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएको उद्धारका लागि नेतृत्व गर्दै गएको वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेले भनाई छ।

    गैंडालाई डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर ल्याइने बताइएको छ। यसअघि बाढीले बगाएका ८ गैंडालाई भारतबाट उद्धार गरिसकिएको छ। साउन २८ गते आएको बाढीका कारण ती गैंडा बगेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]