काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं : चुनाव चिह्न (छाता) जुधेपछि राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले जनशक्ति नेपाल पार्टीसँग एकताको घोषणा गर्यो। अध्यक्ष रामकुमार ओझा, उपाध्यक्ष राजकुमार थापालगायत नेताहरु राजपामा समाहित भए। ओझा राजपाको तर्फबाट सामनुपातिक उम्मेदवारको बन्दसूचीमा पनि परेका छन्।
तर, जुन उद्देश्यका लागि 'खासै नाम नसुनिएको पार्टी' जनशक्ति नेपालसँग राजपाले एकीकरण गरेको थियो त्यो भने पूरा हुन सकेन। पार्टीका तत्कालीन महासचिव सुनिल सिटौलासहितको टोली पार्टी ब्यूँताएर चुनावी मैदानमा होमिएको छ। समानुपातिकतर्फको मतपत्रमा जनशक्ति नेपाल पार्टीको 'गोलाकारभित्र छाता' चिह्न कायम छ। उता राजपाको चुनाव चिह्न छाता हो। मतदाता झुक्किनसक्ने भएकाले राजपाले गरेको चलाखीले अब काम नगर्ने भएको छ।
सिटौलाले हिन्दूराष्ट्रको एजेण्डा जीवित राख्न पार्टी पुनर्गठन गरेको बताए। हाल पार्टीको कार्यबाहक अध्यक्ष रहेका सिटौलाको नाम समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा छ।
हिन्दूराष्ट्रकै एजेण्डालाई प्राथमिकता दिएर पार्टीले चुनावी घोषणापत्र पनि तयार पारेको छ। 'संविधानसभाद्वारा राज्यको पुनः संरचनाको आशा राखेको जनशक्ति नेपाल आउँदो समयमा राज्य पुनः संरचनाको र्सवकालिक समाधान चाहन्छ र हिन्दूराष्ट्र नेपालको स्थापना गरी समुन्नत हिन्दूराष्ट्र बनाउन पार्टी पूर्णरुपले प्रतिबद्ध छ,' घोषणापत्रमा भनिएको छ।
कार्यबाहक अध्यक्ष सिटौला सामाजिक सञ्जालमार्फत भोट माग्न सक्रिय छन्। धादिङका स्थायी बासिन्दा सिटौला नाम चलेका ज्योतिषीसमेत हुन्।
राजसंस्थाबारे धारणा बुझ्दा उनले त्यसबारे आफूहरु मौन रहेको बताए। 'घोषणापत्रमा हामी राजसंस्थाबारे मौन छौं,' सिटौलाले थाहा खबरसँग भने।यद्यपि मुलुकमा राष्ट्रपति अन्य धर्मको समेत चुनिन सक्ने अवस्थामा परम्पराको जगेर्नाका लागि सांस्कृतिक राजा भने राख्न सकिने उनी बताउँछन्।
हेर्नुहोस् जनशक्ति नेपालको चुनावी घोषणापत्र : प्रतिनिधिसभा निर्वाचन घोषणापत्र - जनशक्ति नेपाल
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।