काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वा...
भक्तपुर : मध्यपुरथिमी–२, सानोथिमिस्थित मनोहरा फाँटमा ट्याक्सीभित्र हत्या गरेको अवस्थामा एक शव फेला परेको छ। दिव्येश्वरी जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बा१ज१०४० नं. को ट्याक्सीभित्र सर्लाही घुर्कौलीका यज्ञबहादुर खड्काको शव हत्या गरेको अवस्थामा फेला परेको हो।
मनोहरा फाँटमा रोकी राखेको सेतो रङको ट्याक्सीको पछाडि सिटमा ख्डकाको शव फेला परेको हो। रातो हुकभित्र हरियो भेस्ट र खैरो पाइन्ट लगाएका खड्काको अनुहारमा चिन्न नसकिने गरी चोट लागेको छ। खड्काको अनुहारमा डुंगाले हानेको जस्तो देखिएको प्रहरीको भनाइ छ।
घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरीपरिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाको नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
घटनास्थलमा अपराध महाशाखाको टोलीले समेत अनुसन्धान थालेको छ। शवको मुचुल्का तयार गरी अहिले शवको पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।