पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाण्डौं, जेठ २४ । प्रेस चौतारी नेपालको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउने लाक्पागेलु शेर्पालाई चौतारीले सम्मान गरेको छ । प्रेस चौतारी नेपाल केन्द्रीय समितिले २४ जेठमा औपचारिक कार्यक्रमको आयोजना गरि शेर्पालाई सम्मान गरेको हो ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शेर्पालाई सम्मान गरेका हुन् । त्यस अवसरमा बोल्दै आरोही शेर्पाले सगरमाथा आरोहण गर्दै गर्दा आफुले प्रेस चौतारीको झण्डा सगरमाथामा फहराउने सुअवसर प्राप्त गरेको भन्दै खुसी व्यक्त गरे । भने–"म अहिलेसहित १२ पटक सगरमाथाको आरोहण गरे । १२ औं पटकमा म आवद्ध रहेको संगठन प्रेस चौतारी नेपालको झण्डा सगरमाथामा पुर्याउन सके यसका लागी म संगठनप्रति आभारी छु । म अझै पनि हिमाल आरोहणलाई निरन्तरता दिँन चाहन्छु । सगरमाथा आरोहण सबैभन्दा बढी गर्ने व्यक्ति बन्ने मेरो लक्ष्य हो । आशा छ यसका लागी म आवद्ध रहेको मेरो संगठनको साथ र सहयोग प्राप्त गर्नेछु ।"
२०७३ वैशाख २ गते प्रेस चौतारीको केन्द्रीय समितिका तात्कालिक अध्यक्ष राजेन्द्र अर्यालले लाक्पागेलुलाई सगरमाथा आरोहणको लागि प्रेस चौतारीको झण्डा दिएर बिदाइ गरेका थिए । लाक्पाले जेठ १० गते सगरमाथाको सफल आरोहण गर्न सफल भए । कार्यक्रममा लाक्पालाई शुभकामना दिँदै नेकपा एमालेका केन्द्रीय सचिव याेगेश भट्टराईले यो बेला भनेको संविधान कार्यान्वयन गर्ने बेला भएकाले मुलुकलाई अस्थिरतातिर धकेल्ने कार्य कसैले पनि गर्नुनहुने बताए । कार्यक्रमका प्रमुख अतिथी भट्टराईले प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ भने एमालेलाई कुनै आपत्ति नहुने तर अहिले भने उपयुक्त समय नभएकाले संविधान कार्यान्वयनतर्फ सबै दलहरु लाग्नुपर्ने बताए । निकै अप्ठ्यारो परिस्थितिमा नेकपा एमालेले मुलुकको नेतृत्व गरिरहेको बताएदै एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराइले एमालेकै कारण मुलुक अहिले हिजोको अप्ठ्यारो परिस्थितिबाट मुक्त भएको बताए । "मधेशमा अहिले आन्दोलन भइरहे पनि मधेशमा पनि यो संविधान हाम्रो पनि हो भनेर भन्नेहरू एकपछि अर्को गर्दै जन्मिरहेका छन् । एकपछि अर्को गर्दै यो सरकारले समस्या समाधान गरिरहेको छ भने अहिले हामी किन सरकार बदल्ने कार्यमा लाग्ने ? संविधान कार्यान्वयन यही सरकारले गर्छ-'राष्ट्रिय सहमति मुख्य राजनीतिक दलहरुबीच आवश्यक छ । चुनाव घोषणा भएपछि एमाले र काँग्रेसबिचमा प्रतस्पर्धा नै हुन्छ । तर अहिले सरकार बदल्न कालो कोठामा बस्ने बेला होइन । सहमतिमा आएर संविधान कार्यान्वयन गर्नेबेला हो ।' कार्यक्रममा चौतारीका पुर्व अध्यक्षहरु शम्भु श्रेष्ठ, गगन विष्ट, निवर्तमान अध्यक्ष राजेन्द्र अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले आरोही शेर्पालाई शुभकामना तथा बधाई दिएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।