राजनीति

उदयपुरमा बागी हाल्ने एमाले उम्मेदवारको साधारण सदस्यसमेत खोसियो

कात्तिक २२, २०७४

    उदयपुर : नेकपा एमाले उदयपुरले बागी उम्मेदवार दिने नेतालाई कारबाही गरेको छ। माओवादी केन्द्र र एमाले वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिने जिल्ला नेता होमबहादुर दाहाल खत्रीलाई कारबाही गरेको हो।

    एमाले जिल्ला कमिटी उदयपुरले बागी उम्मेदवारी दिएको भन्दै विभागीय सदस्य होमबहादुर दाहाल खत्रीलाईलाई कारबाहीस्वरुप पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

    एमाले पार्टी विधानको धारा ५ ‘घ’ बमोजिम दाहाललाई पार्टीको सदस्यता स्वतः समाप्त हुने गरी कारबाही गरिएको जिल्ला कमिटी अध्यक्ष ईश्वरमणि राउतले जानकारी दिए। जिल्ला कमिटीको बैठकले दाहालको प्रस्तावक र समर्थकलाई पनि सदस्यताबाट हटाइएको उल्लेख गरेको छ।

     ‘समर्थक र प्रस्तावक बसेका समेतलाई पार्टी विधानको धारा ५ को घ तथा धारा ४९ बमोजिम सदस्यता खारेजीका छौं’ अध्यक्ष राउतले भने, ‘को बसेको भन्नेबारेमा अहिले जानकारी छैन।’ खत्रीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को ‘ख’ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । खत्री भगेँरो चुनाव चिह्न लिएर चुनाव प्रचारमा जुटेका छन्।

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]