राजनीति

जनकपुरधाम पुगेर प्रम देउवाले भने : मधेश हितमा वकालत गर्ने दल कांग्रेस

प्रधानमन्त्री शेरबहादुर देउवा धनुषाको जनकपुरधाममा बुधबार आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै।
कात्तिक २२, २०७४

    धनुषा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताएका छन्।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि कांग्रेसको काँधमा रहेको उल्लेख गरे।

    उनले भने, “सबैको अस्तित्वको सम्मान र रक्षाका लागि कांग्रेस सधै संवेदनशील रहेको छ। जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ।”

    जनकपुरधाम र मधेसको विकासका सवालमा कांग्रेस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उनले उल्लेख गरे।

    उनले भने, “बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ।”

    नेपाली कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसकै पहल र सक्रियतामा जनकपुरधाममा सडक विस्तार, सडक स्तरोन्नति, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]