समाज : सुरक्षा/अपराध

त्रिभुवन विमानस्थलबाट २ किलो चरेससहित युक्रेनी नागरिक पक्राउ

चरेस, फाइल फोटो।
कात्तिक २२, २०७४

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोग्राम चरेससहित एक युक्रेनी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौंबाट जेट एयरवेजको उडानद्वारा मुम्बई हुँदै युक्रेन जान लागेका युक्रेनी नागरिक वलेक्सि लोलेन्कोको सुटकेश जाँच गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।

    ब्युरोका अनुसार सुटकेसभित्र रहेको जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई उनले चरेस लैजान लागेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]