राजनीति

भोट हाल्नबाट वञ्चित गरिए आन्दोलन गर्ने कर्मचारीका नेताहरुको चेतावनी

कात्तिक २२, २०७४

    काठमाडौं : आसन्न मंसिर २१ र १० गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निजामती कर्मचारीले आफूहरूलाई मताधिकार गर्नबाट वञ्चित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले संविधानले नै १८ वर्ष पुगेका नागरिकलाई मताधिकार सुनिश्चित गरेको अवस्थामा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिन नहुने तर्क गरे।

    युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक निर्वाचनमा कर्मचारीले मताधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि मताधिकारको प्रयोग गर्न दिइनुपर्ने माग राखे।

    यसपटकको निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिए चुप लागेर नबस्ने उनको भनाइ थियो।

    “निर्वाचन कार्यालयलाई कर्मचारीलाई मताधिकार प्रयोग गर्न दिनेबारे पटक पटक जानकारी गराएका छौं,” उनले भने, “पाँच लाख कर्मचारीको अधिकार खोस्न पाइँदैन। हाम्रा मागलाई सम्बोधन नगरे आवश्यक पर्दा आन्दोलन गछौं।”

    यसैगरी, नेपाल निजामती कर्मचारी युनियन (संघ)का कार्यवाहक अध्यक्ष जीतबहादुर मडैले मतदान प्रक्रियामा सहभागी जनाउन लागि आयोगलाई खबरदारी गर्ने बताए।

    यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल र नेपाल मधेशी निजामती कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरीले निर्वाचनमा खटिने कर्मचारीलाई मतदानबाट वञ्चित गरे कठोर निर्णय लिइने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]