राजनीति

निर्वाचन सुरक्षाका लागि भन्दै विप्लवका दुई कार्यकर्ता पक्राउ

कात्तिक २२, २०७४

    पाँचथर : पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको छ।

    पक्राउपर्नेमा नेत्र विक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। पक्राउपर्नेमा फाल्गुनन्द–३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल रहेको प्रहरीले जनाएको छ।

    आसन्न निर्वाचनलाई लक्षित गरी विप्लव समूहले गर्नसक्ने गतिविधि नियन्त्रण गर्न उनीहरुलाई पक्राउ गरिएको बताइएको छ।

    उनीहरुमध्ये नेम्वाङलाई पौवा भञ्ज्याङ प्रहरीले आज बिहान पक्राउ गरेको हो भने अर्का कटुवाललाई यस अगाडि नै केही सार्वजनिक अपराध मुद्दामा पक्राउ गरी म्याद थप गरी कानूनी प्रक्रिया शुरु गरेको प्रहरीले जनाएको छ।

    स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा पनि पाँचथर प्रहरीले चार जना कार्यकर्तालाई पक्राउ गरी निर्वाचनपछि छाडेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]