छापा

२० हजार कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ दिँदा राज्यलाई ५० अर्बको भार

कात्तिक २३, २०७४

    काठमाडौं : संघीय संरचनाअनुसारको समायोजनमा जान नचाहने कर्मचारीको अवकाशका लागि राज्यलाई ५० अर्ब रुपैयाँ भार थपिने देखिएको छ। अर्थ मन्त्रालयका अनुसार २० हजार कर्मचारीमात्रै समायोजनमा सहभागी हुन चाहे राज्यलाई ५० अर्ब रुपैयाँ अतिरिक्त आवश्यक पर्नेछ।

    कर्मचारी समायोजन ऐन २०७४ कानुन कार्यान्वयनमा आएपछि एक कर्मचारीको अवकाशका लागि औसतमा २७ लाख रुपैयाँ चाहिन्छ। सरकारले २० हजार कर्मचारलिे समायोजनको साटो अवकाश रोज्ने अनुमान गरेको छ। यो अनुमानअनुसार २० हजार कर्मचारीको अवकाशका लागि ५० अर्ब रुपैयाँ लाग्ने भएको हो।

    मुलुक संघीयतामा प्रवेश गरेसँगै कर्मचारी समायोजन र व्यवस्थापन गर्न सरकारलाई निकै चुनौतीपूर्ण देखिएको छ। यसैलाई मध्यनजर गर्दै सरकारले एक महिनाअघि कर्मचारी समायोजन विधेयक २०७४ संसदबाट पारित गरेको थियो। यसअनुसार स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ को व्यवस्था गरेको छ।

    यसरी अवकाशमा जाँदा कर्मचारी पाउने सुविधामा सात वर्षको एकमुष्ठ पेन्सन समावेश हुने उल्लेख छ। पेन्सन, स्वेच्छिक अवकाश लिँदाको तह र ग्रेडअनुसारको कायम गरिएकाले पनि यसमा बढी कर्मचारी सहभागी हुने भएकाले राज्यलाई अतिरिक्त भार देखिएको हो।

    पारित विधेयकमा जुनसुकै सेवा र समूहका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन सकिने उल्लेख छ। नजाने कर्मचारीलाई स्पष्टीकरणको मौका दिइने र लोकसेवा आयोगको परामर्श लिएर हटाउन सकिने व्यवस्था छ।

कारोबार दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित अर्थकेन्द्रित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]