समाज

डीएसपी सिलवाल काठमाडौं तानिए, बिर्तामोडमा कोइराला आउँदै

फाइल फोटो
कात्तिक २३, २०७४
    • पार्थ मण्डल

भद्रपुर (झापा) : इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी नायब उपरीक्षक राजकुमार सिलवाललाई काठमाडौं तानिएको छ। 

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक सिलवाललाई झापाबाट  प्रहरी विभागमा 'जगेडा'मा सरुवा गरेको छ। उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइराला काजमा आउने तयारी भइसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए।

प्रहरी उपरिक्षक कोइराला शुक्रवार झापा आउने र आइतबारदेखि बिर्तामोडको जिम्मेवारी सम्हाल्ने प्रहरी उपरीक्षक केसीले जनाए। अहिले प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतलाई बिर्तामोडमा खटाइएको छ।

गत भदौ ४ गते प्रहरी नायब उपरीक्षक सिलवाल दरबन्दीमा बिर्तामोड आएका थिए। सिलवाल बिर्तामोडमा कार्यरत रहेकै बेला गत असोज १३ गते अर्जुनधारा– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटी मृत अवस्थामा फेला परेको थिए। मृतकका परिवारजनले बालकको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर, प्रहरी नायब उपरीक्षक सिलवालले चासो नदेखाई उल्टै घटनालाई ढाकछोप गर्ने खोजेको भन्दै स्थानीय बासिन्दा अान्दोलित बनेका थिए। 

प्रहरीले हस्तक्षेप गरेपछि दुवै पक्षबीच दिनभर झड्प भएको थियो। झडपकै क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भयो, भने केही घाइते भए। लाखौंका सामग्री र सवारीसाधन जलेर नष्ट भए। घटनालाई सामान्य बनाउन झापा प्रशासनले साढे ५५ घण्टा लामो कर्फ्यु लगाएको थियो।

गृह मन्त्रालयले घटनाको छानविनका लागि सहसचिव वीरेन्द्र यादवको संयोजकत्वमा चार सदस्य उच्चस्तरीय छानविन समिति गठन गरेको थियो।
 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]