काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको प्रतिपक्षमा बस्ने दिन सकिएको बताएका छन्।
नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा उनले अब प्रतिपक्षमा बस्ने पालो नेपाली कांग्रेसको भएको बताएका हुन्। 'अब उहाँहरु (कांग्रेस) प्रतिपक्षमा बस्नुहुन्छ। हामी सरकारमा जान्छौं' उनले भने 'राष्ट्र निर्माणमा एकजुट हुन चाहने शक्ति मिलेर चुनावमा लड्दैछौं।'
नेपाल पूण्यभूमि र ज्ञानभूमि भएको बताउँदै यहाँ चटकेले शासन गरेको नसुहाउने पनि ओलीले बताए। उनले भने 'यस्तो पूण्यभूमि र ज्ञानभूमिमा चटकेले शासन गरेका छन्। जनतालाई झुक्याएको प्रमाण यही हो। अहिलेको सरकारले चटक देखाइरहेको छ।' ओलीले आफूहरुलाई मंसिर २१ गते कहिले आउला जस्तो भइसकेको पनि ओलीले बताए।
अध्यक्ष ओलीले लोकतन्त्रको सन्दर्भमा एमालेका बारेमा भ्रम फिजाउँन खोजिएको भन्दै आपत्ति जनाएका छन्। नेपालका कम्युनिष्टहरु राणाशासन, पञ्चायत र राजतन्त्र सिध्याउन आन्दोलनमा सहभागी भएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै आन्दोलनका बेलामा विदेश बस्नेले आरोपित गर्न नमिल्ने बताए।
'आन्दोलनका बेला बाहिर गएर पिज्जामा रमाउने अहिले आएर कम्युनिष्टले लोकतन्त्र मास्ने भनेर भ्रम फिजाउने?' ओलीले भने, 'हामीले पञ्चायत सिध्याउने आन्दोलन गर्दा ती वक्ता लण्डनमा जाम दलेर पाउरोटी खादै थिए।' वाम गठबन्धनका उम्मेदवार सेलिब्रेटी र कलाकार नभइ लामो समय राजनीति गरेका तथा युवा उम्मेदवारहरु रहेको ओलीले बताए।
नेपालको सीमा क्षेत्रमा महिनौंदेखि ट्रक वारपार गर्न नपाएको भन्दै ओलीले सरकारले सहज आवतजावत गर्नका लागि सरकारले पहल नगरेको आरोप लगाए। 'रक्सौलपारी गएपछि लाइनका लाइन ट्रक छन्। सरकारले भारतसँग पनि कुरा गरेको छैन' उनले भने 'कम्युनिष्टको सरकार आएमा सात दिनमा त्यस्ता जाम खोल्छौं। हामी भारतसँग कुरा पनि गर्छौं।'
नेपालको पुरानो राजनीतिक दल नेपाल प्रजा परिषद नेकपा एमालेका समाहित भएको छ। उक्त पार्टीका कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालसहितको टोली बिहबार एमालेमा समाहित भएको हो। उक्त कार्यक्रममा ओलीले चार जना सहिदले देखेको सपना पूरा गर्ने बताए। 'सहिदले देखेको सपना धुलोले छोपेको जस्तो भएको थियो, अब हामी पूरा गर्छौं।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।