राजनीति

नारायणकाजीलाई भोट माग्न बाबुरामको क्षेत्रमा ओली र प्रचण्डको सभा

कात्तिक २३, २०७४

    गोरखा : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। देशव्यापी रुपमा आयोजना हुने संयुक्त चुनावी सभाको सुरुवात ओली र प्रचण्डले यही कात्तिक २९ गते गोरखाबाट सुरु गर्ने भएका हुन्। वाम गठबन्धनबाट गोरखा २ मा माओवादीका नारायणकाजी श्रेष्ठ र १ मा हरि अधिकारी प्रतिस्पर्धामा छन्। गोरखा– २ मा माओवादीका पूर्वउपाध्यक्षसमेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसमेत प्रतिस्पर्धामा छन्।

    श्रेष्ठका लागि मत माग्न गोरखा– २ मा बिहान ११ बजे भच्चेक र १२ बजे पालुङटारमा आयोजित सभालाई प्रचण्ड र ओलीले सम्बोधन गर्नेछन्। यस्तै क्षेत्र नम्बर १ को घैरुङ बतासेमा दिउँसो १ बजे र आरुघाट बजारमा साढे २ बजे आयोजना हुने सभालाई दुवै नेताले सम्बोधन गर्ने तय भएको माओवादी गोरखाका इञ्चार्ज चुडामणि खड्काले जानकारी दिए। शीर्ष नेताहरुले सम्बोधन गर्ने सभाको तयारीमा कार्यसूची नै बनाएर लागिपरेको उनले जानकारी दिए।

    गोरखा १ मा वाम गठबन्धनका साझा उम्मेदवार अधिकारीका प्रतिस्पर्धी कांग्रेसका चीनकाजी श्रेष्ठ छन्। प्रदेशतर्फ १ को १ मा माओवादीका लेखबहादुर थापा र कांग्रेसका धिरन थापा तथा १ को २ मा एमालेका रामशरण बस्नेत र कांग्रेसका राजेन्द्र बजगाईँ प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नयाँशक्तिका हरिशरण आचार्य र माओवादीकी कमला नहर्की तथा २ को २ मा कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी र माओवादीका अमर तमु प्रतिस्पर्धामा छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]