मनोरञ्जन

अनमोलको 'कृ' माघ २६ मा रिलिज हुने, श्वेताको 'कान्छी'लाई तनाव

कात्तिक २३, २०७४

    काठमाडौं : अनमोल केसी स्टारर फिल्म 'कृ'ले आफ्नो रिलिज मिति तय गरेको छ। धेरै पटक रिलिज मिति सारिसकेको फिल्मले अब भने आधिकारिक रुपमै रिलिज मिति घोषणा गरेको छ। सुटिङ नसकिएका कारण बारम्बार आफ्नो रिलिज मिति सरेको 'कृ'को सुटिङ अन्तिम चरणमा पुगिसकेको छ।

    अब भने फिल्म 'कृ' माघको २६ गतेबाट प्रदर्शनमा आउने निर्माता सुवास गिरीले बताएका छन्। सुवासले फेसबुक स्टाटसमा लेखेका छन् 'फिल्मको अन्तिम सेड्युलको सुटिङ बिट मार्दै छौं, फिल्मको ट्रेलर मंसिरको पहिलो हप्ता आउने छ।' सुरेन्द्र पौडेल निर्देशित फिल्म 'कृ'मा अनमोल केसी, अदिती बुढाथोकी, अनुपबिक्रम शाहीको मुख्य भुमिका रहेको छ।

    त्यस्तै, माघ २६ गतेबाट नै नायिका श्वेता खड्काको निर्माण रहेको फिल्म 'कान्छी' पनि प्रदर्शनमा आउदै छ। दयाहाङ राई र श्वेता खड्काको मुख्य भुमिका रहेको 'कान्छी'लाई आकाश अधिकारीले निर्देशन गरेका छन्।

    यसो हुँदा माघ २६ मा फिल्म 'कृ' र 'कान्छी'को गज्जब भिडन्त हुने भएको छ। प्रतिक्षित बनिरहेका दुबै फिल्ममध्ये पनि अनमोलको 'कृ' नै कान्छीमाथि हावी हुन सक्ने अनुमान गरिएको छ। यद्यपी यी दुई फिल्मबीचको भिडन्त कस्तो हुन्छ भन्ने हेर्न पनि माघ २६ गते प्रतिक्षा गर्नैपर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]