काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
बर्दिया : नेकपा एमालेका उपाध्यक्ष एवम् बर्दिया क्षेत्र नं. १ का उम्मेदवार वामदेव गौतमले आगामी १० वर्षभित्र मुलुकलाई समृद्ध बनाउने बताएका छन्। बारबर्दिया नगरपालिकाको जयनगरमा वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गौतमले वामपन्थीको सरकार आएपछि आगामी १० वर्षमै मुलुकलाई समृद्ध बनाउने दाबी गरे। पुसमा सरकार बनेपछि योजनाहरु अघि बढ्ने उनको भनाइ छ।
देशभित्रै रहेका खानी तथा प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्दै मुलुकलाई समृद्धितर्फ बढाउन १० वर्षभन्दा बढी समय नलाग्ने उनको जिकिर छ। गौतमले मुलुक समृद्ध बनाउन योग्यता, सीप र क्षमता अनुसार प्रत्येक व्यक्तिलाई रोजगारीको व्यवस्था हुने पनि बताए। ‘विकास र मुलुक समृद्ध बनाउने काममा वामपन्थी सरकार आवश्यक रहेकै कारण अहिलेको वाम गठबन्धन भएको छ,’ उनले भने।
सामाजिक सुरक्षा र सुत्केरी भत्ता मासिक पाँच हजार पुर्याइने, स्थानीय तहमै सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने र कृषिमा आधुनिकीकरण गरी उत्पादनलाई बढाउने उनको प्रतिबद्धता छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।