मनोरञ्जन

'तान्द्रो'को प्रिमियर सोमा मोहन वैद्यदेखि रञ्जु दर्शनासम्म, दयाहाङको अभिनयले जित्यो मन

कात्तिक २३, २०७४

    काठमाडौं : कत्तिक २४ गतेदेखि प्रदर्शन आउन लागेको चलचित्र 'तान्द्रो'को प्रिमियर सो बुधबार राजधानीको बिग मुभिजमा गरियो। प्रिमियर सो हेर्न आएका धेरै कलाकर्मी, पत्रकार तथा राजनीतिक व्यक्तिहरुले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिए। 

    प्रिमियर सोमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण), विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना पनि सहभागी थिए। माओवादी जनयुद्धमा भएको घटनामा आधारित रहेर निर्माण भएको फिल्म ‘तान्द्रो’लाई सम्तेन भुटियाले निर्देशन गरेका छन्।

    माओवादी युद्धकालमा लमजुङको छैलुङ गाउँमा गंगाबहादुर लामा (कोशिस)लाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’मा उतारिएको छ। फिल्ममा कोशिसको भूमिकामा दयाहाङ राई प्रस्तुत भएका छन्।

    'ब्ल्याक हर्स पिक्चर्स' र 'सिनेमा आर्ट'को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा दायाहाङसंगै रामबाबु गुरुङ, कमलमणी नेपाल, अरुणा कार्की, सरस्वती चौधरी, मणीराम पोखरेल लगायतको अभिनय रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]