समाज

पूर्वी रुकुममा क्षतविक्षत अवस्थामा एक युवकको शव भेटियो

कात्तिक २३, २०७४

    रुकुम : पूर्वी रुकुमको सिस्ने गाउँपालिका– ५ कुचिवाङ घट्टेखोलामा एक युवकको शव फेला परेको छ। भूमे गाउँपालिका–८ का २७ वर्षीय कमल बुढा मगर मृत अवस्थामा फेला परेका हुन्।

    सदरमुकाम रुकुमकोटमा कामका लागि आएका बुढा राति अबेसम्म पनि घर नफर्केपछि परिवारले खोजतलास गर्दा बिहीबार बिहान घट्टखोला किनारमा शव फेला पारेको हो। घाँटी, टाउको र दुवै हात काटेर क्षतविक्षत भएको अवस्थामा बुढाको शव फेला परेको हुँदा कसैले हत्या गरेर फालेको हुनसक्ने स्थानीयको आशंका छ।

    आफन्तले दिएको सूचनाका आधारमा घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। बुढाका श्रीमती, एक छोरा र एक छोरी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]