राजनीति

लोकतन्त्र कांग्रेसले मात्र जोगाउन सक्छ : मन्त्री बस्नेत

कात्तिक २३, २०७४

    काठमाडौं : सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले लोकतन्त्रको संरक्षण गर्न प्रतिनिधिसभा र प्रदेश सभामा नेपाली कांग्रेसले जित्नुपर्ने बताएकी छन्।

    काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएकी मन्त्री बस्नेतले बिहीबार गोकर्णेश्वर नगरपालिका ५ मा आयोजित प्रचार भेलामा भनिन् ‘लोकतान्त्रिक गठबन्धनले चुनाव जिते मात्र लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि सम्भव छ।’

    कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नम्बर तीन प्रदेश ‘क’बाट उम्मेदवार भएका छिरिङ दोर्जे लामाले अबको नेपाल निर्माण गर्ने जिम्मा युवाको भएको बताए। प्रदेश निर्वाचन क्षेत्र नम्बर ख का उम्मेदवार विमल ठकुरीले पूर्व सांसद तथा बाबु चक्रबहादुर ठकुरीको योजना र सपना पूरा गर्न निरन्तर योगदान दिने बताए।

    कार्यक्रम संयोजक तथा कांग्रेस युवा नेता कुमारराज सुवेदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक शक्तिको जित हुनैपर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]