पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
कालिकोट : जिल्लाको पलाता गाउँपालिका–४ छलाहास्थित कालिका प्राथामिक विद्यालयमा घाम लागेको दिन मात्र पढाइ हुने गरेको छ। कक्षा १ देखि ८ सम्म पढाइ विद्यालयमा पर्याप्त कक्षाकोठा नहुदाँ घाम लागेको दिन मात्र पढाइ हुने गरेको छ।
घाम नलागेको दिन खुला आकाशमुनि पढाइ सञ्चालन गर्न समस्या भएकाले घाम लागेका दिनमात्र सबै कक्षाको पढाइ हुने स्थानीय जयमल बुढाले बताए। विद्यालयमा एउटा मात्र २ कोठे भवन रहेको र एउटा कोठामा कार्यालय राखिएको छ। विद्यार्थीको कक्षा सञ्चालनका लागि एउटा मात्र कोठा भएको विद्यार्थहरुले खुला आकाशमुनि नै पढ्ने गरेका उनको भनाइ छ। ‘विद्यालय भवनका दुई वटा मात्र कोठा रहेका छन्’ उनले भने,‘विद्यालयको एउटा कोठा कार्यालय राखिएको छ। एउटा कोठामा विद्यार्थीले पढ्ने गरेका छन्।’
स्थानीय वासिन्दाको पहलमा बनेको भवन प्रयोगमा आएको तीन वर्ष भए पनि जिल्ला शिक्षा कार्यालयले बनाउन लागेको भवन अधुरो रहेको स्थानीय नरबहादुर बुढाले बताए। ‘हामी सबैले सहयोग गरेर दुई कोठे विद्यालय भवन बनायौं’ उनले भने, ‘जिल्ला शिक्षा कार्यालय बनाउन लागेको भवन ३ वर्षदेखि अझै अधुरो छ।’
गाउँका १ सय ४५ घरघुरीका २ सय ४३ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा भवन र कक्षा कोठा नहुँदा पानी परेको, हावाहुरी लागेको बेला चाडै विद्यालय बन्द गर्नुपर्ने र कहिले विद्यालय नै खोल्न गाह्रो हुने प्रधानाध्यापक मानबहादुर बुढाले बताए। ‘हावाहुरी पानी परेको बेला विद्यालय बन्द गर्नुपर्छ’ उनले भने, ‘कहिलेकाहीँ कक्षा कोठाको समस्या कारणले विद्यालय नै सञ्चालन आउदैन।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।