राजनीति

चुनाव १० दिनमात्रै सारेको भए पार्टी एकता हुन्थ्यो : प्रचण्ड

कात्तिक २३, २०७४

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव १० दिन मात्रैपछि सरेको भए एमालेसँग पार्टी एकता घोषणा गरेर जाने सहमति भएको खुलासा गरेका छन्। चितवनमा बिहीबार संयुक्त वाम गठबन्धन अन्तर्गत महिलाहरुको निर्वाचन परिचालन समितिको घोषणा गर्दै उनले एमालेसँग एकता हुनेमा शंका नगर्न आग्रह गरे।

    ‘कता कता अदालतबाट चुनावको मिति सर्छ कि भन्या जस्तो भयो दुई दिन, त्यो बेला केपीजी र मेरोबीचमा के कुरा भयो भने यदि १० दिन मात्रै चुनाव सार्‍यो भने पहिला पार्टी एकता घोषणा गर्ने अनि चुनावमा जाने भनेर हामीले पहिले नै निर्णय गरिसकेको थियौं’ उनले भने।

    अध्यक्ष प्रचण्डले बुधबारमात्रै पनि पार्टी एकता छिट्टै टुंग्याइदिने भनेर दुई पार्टीबीच छलफल भएको समेत खुलाए। उनले पहिले पनि एकताको प्रयास भएको भन्दै १२ बुँदे सहमति हुनुभन्दा पहिला नै रोल्पाको लोसे गाउँमा दुई पार्टीबीच लिखित सम्झौता भएको र त्यही सम्झौताको आधारमा नै १२ बुँदे समझदारी सम्भव भएको समेत प्रचण्डले बताए। 'यदि रोल्पामा त्यो सहमती हुँदैनथ्यो भने १२ बुँदेमा आउन कठिन थियो,’ पार्टी एकता बारे प्रष्ट्याउँदै भने।

    राम्रो काम गरेर जनतालाई समृद्ध पारे भने कम्युनिष्टहरुको उदाहरण विश्वमै फैलिने उनको जिकिर छ। पार्टी एकता हुन्छ कि हुँदैन भनेर प्रश्न नगर्न आग्रह गर्दै प्रचण्डले भने ‘पार्टी एकता भइ नै सक्यो।’

    अहिलेको चुनाव सामान्य चुनाव जित्नेमात्रै नभई समाजवादी युगको सूत्रपात गर्नका लागि भएको र त्यसको रेकर्ड तयार गर्नूपर्ने अवस्था आएको प्रचण्डले बताए। विकसित र समृद्ध चितवन, अनि विकसित र समृद्ध नेपाल बनाउने महान अभियानमा एकजुट हुन उनले आग्रह समेत गरे।

    कार्यक्रममा एमाले नेता तथा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले कांग्रेसभन्दा वाम गठबन्धन धेरै लोकतान्त्रिक पार्टी भएको दावी गरे। बिहीबार महिलाहरुको संयुक्त वाम गठबन्धनको भेलाले सरस्वती विष्ट संयोजक र संगीता भट्टराई उपसंयोजक भएको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]