काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका उद्योगी विनोदकुमार चौधरीले पार्टीको एक उपसमितिको जिम्मेवारी पनि पाएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य समेत रहेका चौधरीलाई 'आर्थिक समृद्धि र विकास समन्वयन उपसमितिको संयोजक तोकिएको हो। परिचालन समितिका संयोजक वालकृष्ण खाँडले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सन्दर्भमा गठित 'आर्थिक समृद्धि र विकास समन्वयन उपसमिति को संयोजकमा चौधरीलाई मनोनयन गरेका हुन्।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई यो समितिको संयोजक तोकिएको जानकारी गराइएको छ। नेपालका एकमात्र डलर अर्बपतिका रुपमा चिनिएका चौधरी यही महिना मात्रै कांग्रेस प्रवेश गरेका हुन्। उनी यसअघि २०६४ सालमा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।