समाज

भारतबाट उद्धार गरिएको गैंडा निकुञ्जमा छाडियो

फाइल फोटो
कात्तिक २४, २०७४

    चितवन : चितवन भारतमा भेटिएको दुर्लभ एकसिंगे गैंडा शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । वन मन्त्रालयका सचिव डा. युवकध्वज जीसी र निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काको उपस्थितिमा गैंडालाई सौराहाबाट निकुञ्जमा छाडिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाबाट गएको पशुचिकित्सक र प्राविधिक सहितको टोलीले भारतको मदनपुर वनबाट गएराति उद्धार गरेर गै‌ंडा नेपाल ल्याएको थियो। बिहीवार ८ घण्टा लगाएर अन्दाजी १० देखि १५ वर्षको पोथी गैंडाको उद्धार गरिएको  निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पूर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिए। 

    भारतस्थित वाल्मीकि टाइगर रिजर्व क्षेत्र अन्तरगत नेपाल भारत सीमा क्षेत्रबाट करिव ३० किलोमिटर भारततर्फ उक्त गैंडा फेला पारिएको थियो । यसअघि भारतबाट अाठ गैंडाको उद्धार गरिसकिएको छ। अर्काे एउटा गैंडा भारतको उत्तरप्रदेश क्षेत्रको अर्काे वनमा पुगेको पाठकले बताए।

    भारतबाट आएको सूचनाका आधारमा वाल्मीकि टाइगर रिजर्वको सहयोगमा उद्धार गरिएको हो। यी सबै गैंडा साउनमा आएको बढीले बगाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। कँडेलका अनुसार चार  हात्तीसहित करिब ४० जनाभन्दा बढीको टोली गैंडाको खोजीमा भारत पुगेको छ। 

    गैंडालाई डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए। यसअघि बाढीका कारण चितवनमा तीन गैंडाको मृत्यु भएको थियो।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]