स्वास्थ्य

झापामा पूर्वाञ्चलस्तरीय स्वास्थ्य महोत्सव हुने

कात्तिक २४, २०७४

    भद्रपुर (झापा) : झापा जिल्लामा पूर्वाञ्चलस्तरीय स्वास्थ्य महोत्सव आयोजना हुने भएको छ। झापाको बिर्तामोडस्थित वीएण्डसी हस्पिटलले यही मंसीर २ देखि ६ गतेसम्म पूर्वाञ्चलस्तरीय स्वास्थ्य महोत्सव आयोजना गर्न लागेको हस्पिटलले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

    पाँच दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले गर्नेछन्।  महोत्सवमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को समेत विशेष आतिथ्यता रहने हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए।

    उद्घाटन कार्यक्रममा एमाले  अध्यक्ष  ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यहाँका चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने निर्देशक प्रसाईले जानकारी दिए। महोत्सव सम्पन्न गर्न झण्डै दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए।

    महोत्सव समय अवधिभर ओपीडी निःशुल्क, ल्यावमा २० प्रतिशत छुट, सीटी स्क्यान र एमआरआईमा १५ प्रतिशत, औषधिमा १० प्रतिशत, छुटको व्यवस्था गरिने छ। अस्पतालमा ८२ जना विशेषज्ञ चिकित्सकको टोली र डा. भगवान  कोइराला सहित मेदानन्त अस्पतालका डा. नरेश तेरहानसमेतको सहभागिता रहने हस्पिटलका अध्यक्ष इन्दिरा गिरीले जानकारी दिइन्।

    स्वास्थ्य महोत्सवमा दैनिक एक हजार बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने उनले बताइन्। महोत्सवमा पूर्वाञ्चलका विभिन्न जिल्लामा विरामीले सेवा लिन सक्ने र विरामीलाई निःशुल्क सवारी साधनसमेत उपलब्ध गराइने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी गराए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]