समाज

झापामा बाबुलाई खुकुरी प्रहार गरे छोराले

कात्तिक २४, २०७४

    भद्रपुर (झापा) : बिर्तामोड–१० मा घरायसी विवादका क्रममा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरेका गरेका छन्। बिर्तामोड नगरपालिका–१० स्थित शम्भुचोकमा हर्कबहादुर राईले बाबु कुलबहादुर राईलाई खुकुरी प्रहार गरेका हुन्। 

    छोराको खुकुरी प्रहारबाट बाबुकुलबहादुरको शरीरका विभिन्न भागमा चोट लागेको छ। बिर्तामोडस्थित अस्पतालमा उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। 

    घरायसी वादविवादले उग्र रूप लिएपछि हर्कबहादुरले बाबुलाई लाठी र खुकुरीले आक्रमण गरेको प्रहरीले जनाएको छ। बाबुलाई खुकुरी प्रहार गर्ने हर्कबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]