काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन्। वाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवारसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन्। आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि नै भएको उनको जिकिर छ। प्रचण्डले राजनीतिक स्थायित्व र विकासका लागि नै वाम गठबन्धन बनेको समेत बताए।
बिहीबारदेखि दोस्रो चरणको चुनावी प्रचार अभियानमा सक्रिय प्रचण्डले शुक्रबार बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान सुरु गरेका थिए। अभियानका क्रममा उनले आम जनताको विकासको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड आफ्नै घरदैलोमा आइपुगेका बेला मतदाताले बाटोघाटो व्यवस्थापनसहित विकासका अपेक्षा राखेका थिए। स्थानीय सरस्वती पौडेलले घरअगाडिको बाटो भत्किएको देखाउँदै त्यसलाई छिट्टै बनाउन आग्रह गरिन्। अर्का स्थानीय कृष्ण सापकोटाले गरेको प्रतिवद्धता पूरा गर्न आग्रह गरे। उनले देशको विकास पहिलो आश्यकता भएको भन्दै प्रचण्डको ध्यानाकर्षणसमेत गराए।
शनिबार शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए। वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवारहरु समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन्।
यस्तै नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिक लगायतको लोकतान्त्रिक गठबन्धनमा आबद्ध उम्मेदवारहरु समेत गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय भएको प्रचार संयोजक तथा कांग्रेस जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।