अर्थ

इलामबाट ९६ करोडको अदुवा निर्यात

कात्तिक २४, २०७४

    इलाम : नगदेबाली उत्पादनको लागि अग्रणी जिल्ला इलामबाट ९६ करोड रुपैयाँको अदुवा निर्यात भएको छ। जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार गत आर्थिक वर्षमा  २७ हजार ५ सय ७० मेट्रिक टन अदुवा निर्यात भएको हो। घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले व्यावसायिक खेतीमा किसानहरुको आर्कषण बढदो छ।

    इलाममा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ भारतीय एकाधिकार रहेको अदुवा निर्यात खुला भएपछि यस वर्षको उत्पादन सहज रुपमा निकासी हुनेमा किसानहरु आशावादी छन्। कुल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारमा खपत हुने गरेको छ। बीउमा ६ हजार ४ सय ६६ मेट्रिक टन अदुवा खपत हुन्छ।

    भारतले विभिन्न कारण देखाउँदै पटक–पटक नेपाली अदुवाको निकासी रोक्ने गर्नाले किसान मारमा पर्ने गरेका छन्। पछिल्लो समय रोगको संक्रमण बढेकाले किसानहरु मारमा पर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले बताए।

    जिल्लाका १२ हजार ९ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन्। ३ हजार २ सय ३३ हेक्टरमा खेती भइरहेको अदुवा १ देखि ७० मनसम्म खेती गर्ने किसान जिल्लामा छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]