मनोरञ्जन

'फाटेको जुत्ता २' निर्माणको घोषणा : सौगात दोहोरिने, प्रियंका आउट

कात्तिक २४, २०७४

    काठमाडौं : हाल प्रदर्शन भइरहेको फिल्म फाटेको जुत्ताको सिक्वेल 'फाटेको जुत्ता २' निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा आयोजित ‘फाटेको जुत्ताको’ सफलता सेलिब्रेसन कार्यक्रममा सिक्वेल निर्माणको जानकारी दिइएको हो। ‘फाटेको जुत्ता २’लाई पनि निकेश खड्काले नै निर्देशन गर्ने छन्।

    सौगात मल्लको मुख्य भूमिका रहने फिल्म ‘फाटेको जुत्ता २’मा सौगातसँगै 'फाटेको जुत्ता'मा अभिनय गर्ने सम्पूर्ण कलाकारको अभिनय रहने निर्माता अर्जुन कुमारले जानकारी दिएका छन्। तर फिल्ममा नायिका प्रियंका कार्की भने दोहोरिने छैनन्। फाटेको जुत्ताको प्रचार प्रसारमा साथ नदिएका कारण निर्माता अर्जुन प्रियंकासँग अलि रुष्ट थिए। 

    कार्यक्रममा बोल्दै निर्माता अर्जुन कुमारले भने ‘फाटेको जुत्ता’मा अभिनय गर्ने प्राय: सबै कलाकारहरुले नै ‘फाटेको जुत्ता २’ मा अभिनय गर्नुहुनेछ। तर नायिकाको टुंगो भने हामी चाँडै लगाउने छौं।’

    हाल प्रदर्शनरत फिल्म ‘फाटेको जुत्ता’ले एक हप्तामा २ करोड कलेक्सन गरेको निर्माता अर्जुनकुमारले बताए। उनले भने, ‘दर्शकले दिनुभएको यो मायाले गर्दा यसको दोस्रो भाग बनाउन लागेको हुँ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]