समाज

तालिम पाए रासायनिक मल पाएनन् बर्दियाका किसानले

कात्तिक २४, २०७४
    • टीकाराम चौधरी-

बर्दिया : रासायनिक मल अभाव भइरहेका वेला बर्दियाका किसानले मलको प्रयोग गर्ने तरिकाबारे तालिम पाएका छन्। रासायनिक मलसम्बन्धी कारोबार गर्ने डिलर (सहकारी)ले तालिमको आयोजना गरी जानकारी गराएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय नेपालगञ्ज र साई फर्टिलाइजर भारतको आयोजनामा भएको तालिमा बर्दिया र बाँकेका  करिब ५० जना सहकारी संस्थाका प्रतिनिधि तथा उपयोग गर्ने किसानहरुलाई रासायनिक मल सिंगल सुपर फास्फेट(क्क्ए) र एमोनियम सल्फेट(ब्क्) को बारेमा जानकारी गराइएको हो। एस.एस.पि र ए.एस. साई फर्टिलाइजर कम्पनी भारतद्वारा उत्पादिन रासायनिक मल हो।

 कृषि विज्ञ भगवान् खतिवडाले रासायनिक मलको सही प्रयोगले मात्र कृषि बाली आवश्यकता र उद्देश्यअनुसार उत्पादन गर्न सकिने बताए। कृषकहरुले कुनै पनि बालिविरुवा उत्पादन गर्नको लागि विरुवाको पौष्टिक तत्व आवश्यकताअनुसार प्रयोग गर्नु पर्ने तालिममा प्रशिक्षण गर्दै विज्ञ खतिवडाले बताए।

विरुवाका लागि नाइट्रोजन, फसफोरस, पोटास, सल्लफर, क्यालसियम, जिंक, बोरनको मात्र र आवश्यकताअनुसार बालीविरुवा र जमिनको आधारमा प्रयोग गर्न सकिने बताए। कृषि विज्ञ भगवान् खतिवडाले यी रासायनिक मलको फाइदा र प्रयोग गर्न नजानेपछि हुने बेफाइदाबारे जानकारी गराएका थिए।

तालिममा प्रशिक्षण गर्दै जिल्ला कृषि विकास कार्यालयका वालिविकास अधिकृत जयबहादुर महत्राले बर्दियाको माटो सन्तोषजनक रहेको जानकारी गराउँदै, खल्ला खेतमा अम्लियपना र सुख्खा ठाउँमा नुनिलोपना बढ्न सक्ने भएकोले माटो परीक्षण गराउनपर्ने र सही तरिकाले रासायनिक मल प्रयोग गर्नुपर्ने सुझाव दिए।

यसैगरी, तालिममा साई फर्टिलाइजर भारतका कोसोरु बोसले एस.एस.पि र ए.एस. रासायनिक मलबारे जानकारी गराउदै यसमा रासायणको मात्रको बारेमा जानकारी गराएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]