काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राखेको मिसन पूरा भएपछि राजनीतिबाट विश्राम लिने बताएका छन्। तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता पौडेलले व्यास नगरपालिका– १२ मा आयोजित चुनावीसभामा गाउँमा नै गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्ने आफ्नो मिसन भएको बताएका छन्।
'यही चुनावपछि गाउँ गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर पुर्याउने मेरो लक्ष्य पूरा गर्दै यो मिसन पूरा भएपछि राजनीतिबाट विश्राम लिने छु' पौडेलले भने।
वरिष्ठ नेता पौडेलले आफू राजनीतिक भिजनसहितको मिसन लिएर लागेको स्पष्ट पार्दै आफ्नो राजनीतिको मिसन भनेको निमुखालाई न्याय र विपन्नलाई आय दिलाउनु भएको बताए। उनले अहिलेको वाम गठबन्धन मुलुकका लागि केही गर्ने भन्दा पनि जनतालाई झुक्याउने काम भएको बताए।
२००७ सालदेखि नै मुलुकमा एउटा राजनीति व्यवस्थाको टुंगो लगाउने प्रयत्न भइरहे पनि दरवारिया र कम्युनिष्टहरुले व्यवस्थाको टुंगो लाग्न नदिएकाले मुलुकको समृद्धि हुन नसकेको पौडेलको भनाइ छ। अहिलेको राजनीतिक व्यवस्थालाई अस्वीकार गर्दै फेरि मुलुकमा अस्थिरताका लागि वाम गठबन्धन बनाएको दाबी पौडेलको थियो।
वरिष्ठ नेता पौडेलले तनहुँको समग्र विकासका लागि धेरै काम भए पनि रोजगारीका अवसर सिर्जना गरेर सबै तनहुँवासीलाई तनहुँमा नै बस्ने वातावतरण बनाउने आफ्नो मिसन अझै बाँकी रहेको बताए। प्रधानमन्त्री अधुनिक कृषि परियोजनाको कार्यालय दमौलीमा स्थापना हुन लागेको उनको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।