समाज

बाँकेमा जनप्रतिनिधिमाथि घरमै गोली प्रहार

कात्तिक २४, २०७४

    बाँके : चुनावको मुखमा अज्ञात समूहले जनप्रतिनिधिमाथि गोली प्रहार गरेको छ। अज्ञात समूहले राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर वलीमाथि कोहलपुरमा गोली प्रहार गरेको हो।

    निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि विहीबार राति कोहलपुरस्थित उनको निवासमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार अज्ञात समूहले विहीवार राति करिब ९ बजे भौतिक आक्रमण पछि गोली प्रहार गरेको थियो।

    पेस्तोलले हाने पनि गोली उनको शरीरमा नलागेकोले दुर्घटना हुन नपाएको उनले बताए। अज्ञात समूहले ओलीलाई धरपकड गरे पनि चोट पटक नलागेको डिएसपी भट्टराईले बताए।

    उनको घरमा नागरिक अस्पताल समेत छ। अस्पताल यही हो भनेर सोधेको र ढोका खोल्ने क्रममा अपरिचित ब्यक्तिले गोली प्रहार गरेको पीडित वलीले बताए। उनले भने, ‘सटर बन्द गर्दै थिएँ, सटर बन्द गर्न नपाउँदै धरपकड भयो, पछि त म माथि गोली प्रहार भयो।’ गोली मिस फायर भएकोले आफू बाँचेको उनले बताए।

    गोली प्रहार भएको बारे अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताए। घटनास्थलबाट स्थानीयले पेस्तोलको गोली फेला पारेर प्रहरीलाई बुझाएका छन्। घटना भएको २ घण्टापछि स्थानीयले गोली बरामद गरेकोले आशंका गर्ने ठाउँ रहेको उनको भनाइ छ। ‘गोली प्रहार भएको भन्ने छ, स्थानीयले गोली फेला बरामद पनि गरेका छन्, तर ढिला गरी फेला परेकोले आशंका गर्ने ठाउँ छ,’ डिएसपी भट्टराईले भने। 

    घटना स्थल इलाका प्रहरी कार्यालय कोहलपुरबाट एक सय मिटरको दूरीमा छ। आक्रमण पछि घटनामा संलग्नहरु मोटर साइलक चढेर भागेको ओलीले बताए। घटनाको जानकारी पाउनासाथ प्रहरी परिचान गरि खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज भट्टराईले बताए। उनले भाग्न सक्ने नाकामा प्रहरी परिचालन गरी घटनामा संलग्नहरुको खोजी भइरहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]