राजनीति

चुनावमा अधिक खर्च रोक्ने काम सरकारको हो : प्रमुख आयुक्त यादव

कात्तिक २४, २०७४

    काठमाडौं : निर्वाचन आयोगले निर्वाचनमा हुने अधिक खर्च नियन्त्रण गर्ने दायित्व सरकारको भएको स्पष्ट पारेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन प्रचार अभियानमा अधिक खर्च भएको पाइएको स्वीकार गर्दै नियन्त्रणका लागि अनुगमनको काममा तीव्रता दिन सरकारलाई पुनः सचेत पनि गराए।

    शुक्रबार काठमाडौंमा आयोजित उद्योगी/व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकलाई समेत निर्वाचनमा अधिक मौद्रिक प्रवाह हुने गरेकाले त्यसको स्रोतको खोजी गरिदिन आग्रह गरे।

    प्रमुख निर्वाचन आयुक्त यादवले सम्पत्ति शुद्धीकरण, राजस्व विभागमार्फत पनि निर्वाचनमा हुने अधिक खर्चको स्रोत पत्ता लगाई कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने पनि स्पष्ट पारे।

    प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिताको सीमाभित्र रहेर मात्रै निर्वाचनमा आर्थिक सहयोग गर्न उद्योगी/व्यवसायीहरुसँग पनि आग्रह गरे। उनले निर्वाचन आयोग निर्वाचनमा हुने खर्च कटौति गर्दै लैजान लागिपरेको पनि स्पष्ट पारे।

     निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बढीमा २५ लाख र प्रदेशसभा निर्वाचनका लागि बढीमा १५ लाख रुपैयाँ खर्च गर्न पाउने कानुनी व्यवस्था परिपालन गर्न सबै उम्मेदवारहरुलाई सचेत गराउँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]